×

NMB BANK
NIC ASIA

पूँजीलाई एकिकृत गर्दै सहकारीको माध्यमबाट आर्थिक समृद्धि - मन्त्री थापा

चैत २०, २०७५

NTC
Premier Steels

पोखरा - गण्डकी प्रदेशका भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री लेख बहादुर थापाले देशको विकास र समृद्धि सहकारीबाटै हुने दावी गरेका छन् । ६२औं सहकारी दिवसको अवसरमा बुधवार पोखरामा आयोजित कार्यक्रममा मन्त्री थापाले सहकार्य र एकताको माध्यमबाट छरिएर रहेको पूँजीलाई एकिकृत गरी समाजको रुपान्तरण गर्नुपर्ने  बताएका हुन् ।

Muktinath Bank

मन्त्री थापाले सहकारीलाई सहकार्यताको मध्यमबाट उत्पादनमूलक क्षेत्रमा लगानी बढाउन निर्देशन दिँदै नागरिकहरुलाई आवश्यक पर्ने पूँजी स्थानीय स्तरमै व्यवस्था गरी उद्यमशीलता अभिप्रेरित गर्न आग्रह गरे ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनले अबको तीन वर्षभित्र गण्डकी प्रदेशमा सञ्चालन भएका सहकारीले २० अर्ब बराबरको पूँजी उत्पादन क्षेत्रमा लगाउन आग्रह गरे । ‘सहकारीसँग रहेको ठूलो पूँजी अब यस क्षेत्रमा लगानी गर्नु पर्छ,’ उनले भने, ‘यस क्षेत्रमा ठूलो पूँजी संकलन भएकाले उत्पादकत्वका क्षेत्रमा लगानी हुनु पर्छ । हामीसंग पूँजीको अभाव छैन ।’


Advertisment
Nabil box
Kumari

गण्डकी प्रदेशका सांसद प्रभा कोइरालाले सहकारीलाई तीनवटै तहका सरकारले प्राथामिकतामा राखेको बताइन् । उनले सहकारीहरुले सहकार्यताको मर्म र भावना अनुसार सहकारी सञ्चालन गर्न सके समाजमा आर्थिक विकास र समृद्धि हासिल हुने बताइन् । ‘हामीहरुले सहकारीको मर्म र भावना अनुसार लक्षित वर्गको हितमा कार्य गर्न सक्यौं भने समाज आर्थिक रूपमा समृद्ध बन्छ,’ उनले भनिन्, ‘त्यसका लागि हामीले उद्देश्य अनुरुप लगानी गर्दै जानुपर्छ ।’

Vianet communication

६२ औं सहकारी दिवसको अवसरमा गण्डकी प्रदेशको राजधानी पोखरामा दजनौं सहकारीकर्मी जम्मा भएर र्याली सहित दिवस मनाएका छन् । उनीहरू हात-हातमा प्लेकार्ड बोकेर आफ्नो सहकारीको ब्यानर र ड्रेससहित सजिएर र्यालीमा सहभागी भएका थिए । उनीहरु पोखराको न्युरोडमा जम्मा भएर प्रभातफेरी कार्यक्रमको आयोजना गरी सभागृह चोक पृथ्वीचोक, नयाँबजार हुदै पोखराको प्रदर्शनी केन्द्रमा पुगेर  विशेष कार्यक्रममा सहभागी भएका थिए ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x