
इथोपियन एयरलाइनको जहाजको दुर्घटनाको कारण बाहिरिएको छ । एक प्रारम्भिक रिपोर्टमा जहाज दुर्घटना अघि धेरै पटक ‘घोप्टो परेर झरेको’ देखिएको छ ।
पाइलटहरुले ‘बारम्बार’ विमान निर्माता बोइङले त्यस्तो बेला अपनाउनु पर्ने भनेर सिफारिस गरेको सावधानी प्रक्रिया लागू गरेको भए पनि दुर्घटना नटरेको रिपोर्टमा उल्लेख छ ।
एक महिना अघि भएको दुर्घटनामा १५७ को ज्यान गएको थियो ।