१३ असार २०८३, शनिबार

कक्षा १ का बालबालिकालाई निःशुल्क पोशाक

चैत २२, २०७५
कक्षा १ का बालबालिकालाई निःशुल्क पोशाक

काठमाडौँ– बर्दियाको बाँसगढी नगरपालिकाले सामुदायिक विद्यालयका कक्षा १ मा भर्ना हुने सबै बालबालिकालाई निःशुल्कमा पोशाक उपलब्ध गराउने भएको छ । 

सरकारले आगामी वैशाख १ गतेबाट विद्यालय भर्ना अभियान सञ्चालन गर्दैछ । भर्ना अभियान सञ्चालनको जिम्मा स्थानीय तहलाई प्रदान गरिएको छ भने आफ्ना क्षेत्रका बालबालिकालाई विद्यालयमा ल्याउन स्थानीय तहहरूले विभिन्न आकर्षणको घोषणा गर्न थालेका छन् ।
बाँसगढी नगरपालिकाका प्रमुख शालिग्राम अधिकारीले कम्तीमा दुई हजार बालबालिका कक्षा १ मा भर्ना हुने लक्ष्य लिइएको जानकारी दिए । यसरी भर्ना भएका सबै बालबालिकालाई कमिज, पाइन्ट, मोजा र जुत्ता उपलब्ध गराइने बताउँदै उनले भने, ‘आधारभूत तहसम्म विद्यार्थीले कुनै पनि शीर्षकमा सामुदायिक विद्यालयलाई शुल्क तिर्नुपर्दैन ।’
सो नगरपालिकाले २५, ५०, ७५ र एक सयभन्दा बढी नयाँ विद्यार्थी भर्ना गर्नसक्ने विद्यालयलाई चार वर्गमा वर्गीकरण गरेर उनीहरूलाई सोही आधारमा थप प्रोत्साहन अनुदान दिने घोषणा गरेको छ । 
 
शिक्षा तथा मानवस्रोत विकास केन्द्रका उपमहानिर्देशक चुडामणि पौडेलले आगामी शैक्षिकसत्रका लागि भर्ना अभियानका क्रममा आफ्नो साधन स्रोतको क्षमताका आधारमा स्थानीय तहले विभिन्न आकर्षणका कार्यक्रम ल्याउन सक्ने बताए । 

salt training

कमेन्ट गर्नुहोस्