२२ असार २०८३, सोमबार

नेपाल जेसीजको नयाँ कार्यसमितीमा अधिकारीको नेतृत्व

कात्तिक २०, २०७४
नेपाल जेसीजको नयाँ कार्यसमितीमा अधिकारीको नेतृत्व
काठमाडौं,२ पुस- राजधानीको धापासी जेसिजमा सम्पन्न नेपाल जेसिजको ४३ औं राष्ट्रिय महाधिबेशनले दमक जेसिजका पूर्व अध्यक्ष प्रकाश प्रसाद अधिकारीलाइ राष्ट्रिय अध्यक्षमा निर्बाचित गरेको छ ।

नेपालभरका १ सय ३८ जेसिज शाखाबाट आएका प्रतिनिधीहरुबाट ६ सय ५७ मत ल्याउँदै अधिकारी बिजयी बनेका हुन् । यसैगरि सोही सभाबाट कार्यकारिणी उपाध्यक्षमा कैलाश खाकी, बिनोद सुवेदी, श्रीधर बस्याल र शुशिल कुमार श्रेष्ठ बिजयी बनेका छन् ।


त्यस्तै उपाध्यक्षमा अतुल प्रसाइ, शोभा खरेल, राजु पौडेल, हेमराज खनाल, भिम गिरी, बिकास मानन्धर, बिकाश महर्जन, संगिता खड्का, शुशिला शाही, सन्तोष रौनियार, रामसरण सिलवाल र मंजरी घिमीरे बिजयी भएका छन् ।

महाधिबेशनमा मतदान अधिकृत पूर्व राष्ट्रिय अध्यक्ष गेहेन्द्र प्रसाद दाहाले बिजयी घोषणा गरेपछि नबनिर्बाचित अधिकारीले सपथ पछि महासचिबमा भरत प्रसाइ, कानुनि सल्लाहकार राजाबाबु शाह र कोषाध्यक्षमा आनन्द अधिकारीलाई मनोनित गर्दै सभाबाट अनुमोदन गराए । 
 
राष्ट्रिय महाधिबेशनको समुद्घाटन पूर्व प्रधानमन्त्री शेर बहादुर देउवाले गरेका थिए । सो कार्यक्रममा नेपाल जेसिजका संस्थापक अध्यक्ष भेष बहादुर थापा लगायत अन्य पूर्व अध्यक्षहरुको बाक्लो उपस्थिती थियो ।

salt training

कमेन्ट गर्नुहोस्