
काठमाडौं, २ पुस – नेपाल प्रहरीको एसपी पदमा १५ जना डिएसपीको नाम सिफारिस भएको छ ।
शुक्रवार बसेको बढुवा समितिको बैठकले जनपदका १५ डीएसपीलाई एसपीमा बढुवा गर्न सिफारिस गरेको छ ।
बढुवाको सूचिमा रहेकाहरुमा कुमार थापा क्षेत्री, राज कुमार लम्साल, अनुराग कुमार द्धिवेदी, चन्द्र कुवेर खापुङ, विद्यानन्द माझी, सानुकाजी लामिछाने, विपीन कुमार कर्माचार्य, मधुसुदन लुईटेल, दिल्लीराज पन्त, ध्रुवराज राउत, मोहन प्रसाद पोखरेल, राजेन्द्र सिंह खड्का, टिका बहादुर केसी, ,रामकुमार थापा र योग बहादुर पाल रहेको प्रहरी प्रधान कार्यालयले जारी गरेको सूचनामा उल्लेख छ ।