११ साउन २०८३, सोमबार

नयाँ वर्ष र विशु पर्व मनाउन घर फर्कँदै‌ गरेका यात्रु चढेकाे बस दुर्घटना

नयाँ वर्ष र विशु पर्व मनाउन घर फर्कँदै‌ गरेका यात्रु चढेकाे बस दुर्घटना
सन्दर्भ तस्वीर

डडेल्धुरा- मङ्गलबार राति डडेल्धुरामा रात्रिबस दुर्घटना हुँदा २३ घाइते भएका छन् । कैलालीको अत्तरियाबाट बाजुरा जाँदै गरेको ना४ख ६८३६ नंको बस राति २ बजेको समयमा डडेल्धुराको अमरगढी नगरपालिका–११ सल्लाघारी धनघाट नजिकमा दुर्घटना हुँदा २३ घाइते भएका छन् ।

घाइतेमध्ये २२ को अवस्था सामान्य रहेको छ भने एक गम्भीर रहेको प्रहरीले जनाएको छ । गम्भीर घाइते कञ्चनपुर कृष्णपुरकी ६१ वर्षीया शान्ति दियाललाई थप उपचारका लागि धनगढी लगिएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ । अन्यको डडेल्धुरा अस्पतालमै उपचार भइरहेको बताइएको छ ।

बस अनियन्त्रित भएर दुर्घटना भएको हुनसक्ने प्रहरीले जनाएको छ । नयाँ वर्ष तथा विशु पर्व मनाउन घर फर्केका यात्रु दुर्घटनामा परेका हुन् ।

salt training

कमेन्ट गर्नुहोस्