२४ जेठ २०८३, आइतबार

अचम्ममा पर्ने अनुसन्धानः जापानमा एक व्यक्तिमात्र बाँच्ने !

कात्तिक २०, २०७४
अचम्ममा पर्ने अनुसन्धानः जापानमा एक व्यक्तिमात्र बाँच्ने !
काठमाडौं, ४ चैत–विश्वको शक्तिशाली मध्येको एक देश जापानमा घट्दो जनसंख्याका कारण मानविय संकट पैदा हुने अनुसन्धानहरुले देखाएको छ । घट्दो जनसंख्याका कारण जापानमा एक सताव्दीपछि मानिसको अस्तित्व नै संकटमा पर्ने छ ।
के जापानमा ‘यौन संकट’ को दायराले भयावह रुप लिन लागेको हो ?

के एक दिन यस्तो आउने छ की जापान खाली हुनेछ ? जापानी मानिसलाई ‘अत्याधिक यौन’ को जरुरत भएको किन बताइन्छ ?

तोहोकु विश्वविद्यालयका शोधकर्ताले यही निष्कर्ष पछि ‘डुक्जडे क्लार्क’ (प्रलयको दिनको अन्दाज) बनाएका छन् ।

जसका अनुसार जापानमा वर्तमान यौन संकटका कारण १६ अगस्त ३७६६ मा जापानमा केबल एक जना मानिस मात्र बाँच्नेछन् ।
यो अनुमान देशको घट्दो प्रजनन दर तथा बयबृद्धको जनसंख्यामा आधारित रहेको छ । बेलायतमा पनि १९२० को दशकको पीढीको तुलनामा लाखौं मानिसमा यौन रुची कम भएको अनुसन्धानमा देखिएको छ ।  तर जापानमा भने स्थिति भयावह रहेको छ ।


जापान पारिवार नियोजन एशोसिएशनले गरेको सर्वैका अनुसार १६ मध्ये २४ वर्ष उमेरका ४५ प्रतिशत जापानी महिलामा यौन सम्बन्धमा कुनै रुची रहेको छैन । एक तिहाई भन्दा धेरै पुरुष पनि यहि भनाइमा सहमत छन् ।

तोहोकु विश्वविद्यालयका शोधकर्ताका अनुसार यो स्थिति धेरै गम्भीर रहेको छ । शोधकर्ताले बताए अनुसार यो अवस्था पनि आउने छ, जब जापान विल्कुल एक्लो महसूस गर्नेछ किनकि जापानमा एक व्यक्ति मात्र बाँकी रहने छन् ।
ब्रिटेनमा पनि यौनको बढावा दिनका लागि डेटिङ एप्सको शुरुवात गरिएको थियो । तर पनि ब्रिटिश युवाले यौनमा खास रुची देखाएनन् । यौनमा कमीको एक ठूलो कारण ज्यादा समय इन्टरनेटमा हुने खर्च हो ।

जापानमा यौनमा कमी आउनुका कारणहरुः

जापानीहरु काममा धेरै समय खर्च गर्छन् । काममा धेरै समय विताउने भएका कारण उनीहरु धेरै थाक्छन् । जसका कारण यौन प्राथमिकतामा पर्दैन ।

औसत जापानी पुरुष एक हप्तामा ८० घण्टा काम गर्छन् ।

धेरै जापानी महिला करियर तथा गृहस्थीको बीच कुनै एकलाई छान्न महत्व दिन्छन् । त्यसमध्ये उनीहरको प्राथमिकता परिवार बसाउनेमा कम रहेको देखिएको छ ।

यदी कोही युवालाई यौन, ड्रक्स र संगीतले आकर्षित गर्छ भन्ने तर्क गर्छ भने त्यो गलत हुने छ ।

salt training

कमेन्ट गर्नुहोस्