
काठमाडौं- धुर्मुस–सुन्तली फाउण्डेशनले निर्माण गर्ने ‘गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला’ निर्माणको सहयोगार्थ दुबईमा ‘धुर्मुस–सुन्तली साँझ २०७६’ आयोजना हुने भएको छ ।
दुबईस्थित विभिन्न संघसंस्थाहरुको आयोजना तथा चितवन समाज युएईको संयोजनमा यहि अप्रिल २६ तारिखका दिन ग्राण्ड एक्सेलसियर होटल, बर दुबईमा कार्यक्रम हुने धुर्मुस–सुन्तली फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेल (धुर्मुस)ले जानकारी दिए ।
कार्यक्रममा धुर्मुस–सुन्तलीसहित गायक पुष्पन प्रधान, गायिका मेलिना राई लगायतको उपस्थिति रहनेछ ।
धुर्मुसले दुबईमा रहेका नेपालीहरुलाई कार्यक्रममा उपस्थितिका लागि अनुरोध गरेका छन् ।
