काठमाडौं- प्रभु बैंक लिमिटेडले सेवाग्राहीहरूलाई सरल र सहज रूपमा बैंकिङ सेवा पुर्याउने उद्देश्यका साथ मुस्ताङ र म्याग्दी जिल्लाका विभिन्न स्थानमा ५ वटा नयाँ शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ ।
बैंकले मुस्ताङ जिल्लाको घरपझोङ गाउँपालिका वडा नं.२ स्थित मार्फा, बाह्रगाउँमुक्तिक्षेत्र गाउँपालिका वडा नं.४ स्थितकागबेनी, थासाङ गाउँपालिका वडा नं. १ स्थित टुकुचेतथावडा नं. ३ स्थित लेते र म्याग्दीजिल्लाको अन्नपुर्ण गाउँपालिका वडा नंं. ३ स्थित दाना गरी ५ स्थानबाट शाखारहित बैंकिङ सेवाको शुरूआत गरेको हो । यी पाँचवटै शाखारहित बैंकिङ सेवा शुभारम्भ गर्दा स्थानीय जनप्रतिनिधि, समाजसेवी, बुद्धिजीवी तथा स्थानीय बासिन्दाहरूको उपस्थिति रहेको थियो ।
प्रभु बैंकलेसञ्चालनमा ल्याएको थप ५ वटा शाखारहित बैंकिङ सेवाबाट मुस्ताङ र म्याग्दी जिल्लास्थित सम्बन्धित क्षेत्रका स्थानीय वासिन्दाहरूलाई खाता खोल्ने तथा आफ्नो खाताबाट तोकिएको सीमासम्मको कारोबार गर्ने लगायतको बैंकिङ सेवा उपलब्ध हुनेछ ।