२८ जेठ २०८३, बिहीबार

गोडाले पनि दिन्छ विभिन्न रोगको संकेत, जानौं यी संकेतबारे

चैत २७, २०७५
गोडाले पनि दिन्छ विभिन्न रोगको संकेत, जानौं यी संकेतबारे

मानिसको शरीरमा सानातिना अनेकौं समस्या आइरहेका हुन्छन् जसलाई उनीहरू बेवास्ता गर्छन् । तर यसो गर्नु ठीक होइन । गोडाले पनि स्वास्थ्यका बारेमा धेरै कुरा बताइदिन्छन् । गोडामा आएका परिवर्तनलाई ध्यान दिएर हेरेमा तिनले बिरामीको संकेत दिन्छन् । जानौं गोडाका यी संकेतबारे ः


गोडा सुन्निनु
गोडा प्रायः सुन्निन्छ भने त्यस्तो व्यक्तिलाई मधुमेह वा स्नायु प्रणालीमा खराबी भएको संकेत हो ।

गोडाको पञ्जा फुल्नु्
गोडाको पञ्जा फुल्दा रक्ताल्पता वा मृगौलाको समस्या हुन सक्छ । यो कारणले एक वा दुवै गोडाका पञ्जा फुल्छन् ।

पूरै गोडा दुख्ने
शरीरमा क्याल्सियम, पोटेसियम वा भिटामिनको कमीका कारण यो समस्या आउन सक्छ । यसबाट मधुमेह, बाथ वा रक्तसञ्चारमा खराबीको संकेत पाइन्छ ।

गोडाको रंग परिवर्तन
शरीरमा रक्तप्रवाह राम्ररी भएन भने रंग बदलिन्छ । यसबाट ग्यांग्रिन वा मधुमेहको संकेत प्राप्त हुन्छ ।

गोडा झमझमाउनु
अचानक गोडा सन्न भएर झमझमाउन थाल्यो भने शरीरमा रक्तसञ्चार ठीक तरिकाले नभएको बुझ्नुस् र यसले मधुमेहको संकेत दिन्छ ।

घुँडामा पीडा
घुँडामा प्रायः पीडा भइरहन्छ भने मधुमेहकै समस्या हो र क्याल्केनियम पनि हो ।

औंला फुल्ने
गोडाका औंला फुले भने बाथ वा संक्रमणको समस्या हुन सक्छ । शरीरमा युरिक एसिड बढ्यो भने पनि यो समस्या आइलाग्छ ।
 

salt training

कमेन्ट गर्नुहोस्