२२ जेठ २०८३, शुक्रबार

काठमाडौंका एकतर्फी सडक दुईतर्फी बनाइँदै

चैत २८, २०७५
काठमाडौंका एकतर्फी सडक दुईतर्फी बनाइँदै

 काठमाडौं–बढ्दो सवारी चापका कारण राजधानीका अधिकांश स्थानमा लामो समय ट्राफिक जाम पर्छ । ‘पिक आवर’ मा जाम हुने मुख्य स्थानमा कति सवारी गुड्छन् भन्ने तथ्यांक थिएन । काठमाडौं महानगरपालिका सहरी योजना आयोगले अहिले ‘पिक आवर’मा गुड्ने सवारी संख्या पत्ता लगाएको छ । 

यातायात क्षेत्रका विज्ञसहितको टोलीले महानगरका कोटेश्वर, थापाथली र टुँडिखेलआसपासको सडकमा सवारी चापको तथ्यांक संकलन गरेको छ । आयोगको प्रतिवेदनअनुसार उपत्यकामा चारपांग्रे सवारीको तुलनामा तेब्बरभन्दा बढी दुईपांग्रे सवारी गुड्ने गरेका छन् । 
आजको नयाँ पत्रिका दैनिक लेख्छ–महानगरले फुटपाथ व्यवस्थापन र केही वानवे रोडलाई टुवे बनाउने तयारी थालेको छ । 

salt training

कमेन्ट गर्नुहोस्