३० असार २०८३, मंगलबार

युवतीलाई आर्थिक प्रलोभन देखाएर विवाह गर्छु भनि ठगी गर्ने पक्राउ

युवतीलाई आर्थिक प्रलोभन देखाएर विवाह गर्छु भनि ठगी गर्ने पक्राउ

काठमाडौं- सामाजिक सञ्जालको दुरुपयोग गरी विभिन्न प्रलोभन देखाई युवतीहरूलाई विवाह गर्छु भनि विश्वासमा पारी रकम समेत लिई ठगी गरेको अभियोगमा काठमाडौं कीर्तिपुर बस्ने डोटी के.आई.सिंह गाउँपालिका-६ घर भएका २६ वर्षीय केशवराज भट्टलाई मंगलवार प्रहरीले पक्राउ गरेको छ ।

भट्टले विभिन्न उच्च पदका अधिकृतहरूको फोटो आफैंले बनाएको फेसबुकको फेक अकाउन्टमा राख्नुका साथै आफू उच्चखानदानको व्यक्ति भई नेपाल सरकारको शाखा अधिकृत रहेको र विवाह गर्न चाहेको भनी विभिन्न प्रलोभन देखाई युवतीहरूलाई विवाह गर्छु भनि विश्वासमा पारी रकम समेत लिई ठगी तथा चरित्र हत्या गरी अलपत्र पारेको भन्ने उजुरी आएपछि महानगरीय अपराध महाशाखा टेकुबाट खटिएको टोलीले भट्टलाई काठमाडौं गौशालाबाट पक्राउ गरेको हो ।

भट्टलाई विद्युतीय कारोबार ऐनअन्तर्गतको कसूरमा आवश्यक अनुसन्धान कारवाहीको लागि बुधवार महानगरीय प्रहरी परिसर, काठमाडौं लगिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्