
काठमाडौं – सरकारले आन्दोलनरत सरकारी चिकित्सकलाई काममा फर्किन आग्रह गरेको छ ।
सञ्चार मन्त्रालयमा बिहीवार आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री गोकुल प्रसाद बास्कोटाले काममा फर्किन चिकित्सकलाई आग्रह गरेका हुन् ।
‘हड्ताल गर्ने संस्कारले डाक्टरको मर्यादा कायम रहन्छ कि रहँदैन ?’ बास्कोटाले प्रश्न गरे । बास्कोटाले वार्तामार्फत चिकित्सकका माग समाधान गर्न सरकार तयार रहेको बताए ।
‘कत्रा–कत्रा चिजको त वार्तामार्फत समाधान हुन्छ, चिकित्सकको मागमा किन सहमति नहुनु ? १–२ दिनमै उहाँहरू काममा फर्किनुहुन्छ,’ मन्त्री बास्कोटाले भने ।
समायोजनप्रति असन्तुष्टि जनाउँदै सरकारी चिकित्सकले आन्दोलन गरिरहेका छन् ।