०६ असार २०८३, शनिबार

पपुआ न्यु गिनीमा ७.९ म्याग्निट्युडको शक्तिशाली भूकम्प

कात्तिक २०, २०७४
पपुआ न्यु गिनीमा ७.९ म्याग्निट्युडको शक्तिशाली भूकम्प

काठमाडौं, २ पुस — पपुआ न्यु गिनीको तटीय इलाकामा शनिवार शक्तिशाली भूकम्प गएको छ । भूकम्पको केन्द्रविन्दु नजिकैका क्षेत्रमा सुनामीको चेतावनी दिइएको छ ।


अमेरिकी भूगर्भ विभागका अनुसार पपुआ न्यु गिनीभन्दा पूर्व रहेको तारोन इलाकामा ७.९ म्याग्निट्युडको भूकम्प गएको हो । भूकम्प १०३ किलोमिटरको गहिराइबाट आएको हुनाले कम क्षति हुने आँकलन गरिएको छ ।

प्रशान्त सुनामी चेतावनी केन्द्रले पपुआ न्यु गिनीका इलाकामा सुनामीको खतरा रहेको बतायो ।

प्रशान्त महासागरको भूकम्पीय इलाकाहरूमा पपुआ न्यु गिनी पर्ने भएकाले भूकम्प त्यहाँ भूकम्पहरू आइरहेका हुन्छन् ।

युएसए टुडे

salt training

कमेन्ट गर्नुहोस्