३० जेठ २०८३, शनिबार

गर्जुधारामा भयानक दुर्घटना, पाँच गाडी ठोक्किए, एकको मृत्यु

कात्तिक २०, २०७४
 गर्जुधारामा भयानक दुर्घटना, पाँच गाडी ठोक्किए, एकको मृत्यु
काठमाडौं, ४ चैत -  थानकोट कलंकी सडकको बीचमा पर्ने गर्जुधारामा भयानक दुर्घटना भएको छ । थानकोटबाट कलंकीतर्फ आउँदै गरेको ट्रकलले अनियन्त्रित भइ एकै पटक अन्य चार सवारीलाई ठक्कर दिँदा दुर्घटना भएको हो ।
थानकोट प्रहरी बृत्तका अनुसार ना ३ ख ९३७३ नम्बरको ट्रकलले स्कुटर, मोटरसाइकल, ट्याक्सी र वान टन ट्रकलाई ठक्कर दिएको छ । दुर्घटनामा परेर एक जनाको निधन भएको छ । अरु ७ जना घाइते भएको थानकोट प्रहरी बृत्तका डिएसपी कृष्ण पंगेनीले बताए ।

ब्रेक फेल भएपछि अनियन्त्रित भएको सडकले अन्य सवारीलाई ठक्कर दिएको हो ।

दुर्घटनामा घाइते भएका दुई जना गम्भीर छन् । विरामीहरूको बयोधा र ओम अस्पतालमा उपचार भइरहेको समेत थानकोट प्रहरीले जनाएको छ ।

ट्रकका चालक भने फरार रहेको प्रहरीले जनाएको छ ।

याे पनि पढ्नुहोस् 

१० फोटोमा हेर्नुहोस् गर्जुधारामा भएको भयानक दुर्घटना

salt training

कमेन्ट गर्नुहोस्