
काठमाडौं – भारतमा लोकसभा निर्वाचन चलिरहँदा कांग्रेस पार्टीले शुक्रवार दिल्लीका सबै सात सीटमा एक्लै प्रतिस्पर्धा गर्ने घोषणा गरेको छ ।
पार्टीका दिल्ली प्रमुख पीसी चाकोले भाजपाविरुद्ध गठबन्धन गर्नका लागि आप आदमी पार्टी (आप) को नेतृत्व तहले सकारात्मक कदम नचालेको आरोप लगाएका छन् ।
‘हामी त आज पनि आपसँग गठबन्धन गर्न तयार छौं र उनीहरूलाई चार अनि हामीहरूलाई तीन सीट छुट्ट्याउन तयार छौं,’ चाकोले नयाँ दिल्लीमा आयोजित पत्रकार सम्मेलनमा बताए ।
हिन्दुस्तान टाइम्सबाट