१९ असार २०८३, शुक्रबार

अमेरिकी सीमामा रोइरहेकी बालिकाको तस्वीरले जित्यो वर्ल्ड प्रेस फोटो पुरस्कार

अमेरिकी सीमामा रोइरहेकी बालिकाको तस्वीरले जित्यो वर्ल्ड प्रेस फोटो पुरस्कार

काठमाडौं – आफू र आफ्नी आमालाई अमेरिकी सीमा अधिकारीहरूले हिरासतमा लिएको बेलामा रोइरहेकी बालिकाको तस्वीरले बिहीवार प्रतिष्ठित वर्ल्ड प्रेस फोटो पुरस्कार जितेको छ । 

गेट्टी संस्थाका वरिष्ठ फोटोग्राफर जोन मूरले होन्डुरसबाट आएकी आमा सान्द्रा सान्चेज र छोरी यानेलाले अमेरिका र मेक्सिकोको सीमा अवैध रूपमा पार गरेपछि यो तस्वीर लिएका थिए । 

पुरस्कारका निर्णायकहरूले यो तस्वीर मनोवैज्ञानिक हिंसा देखाउन सफल रहेको बताए । 

रोइरहेकी बालिकाको तस्वीर संसारभरि प्रकाशित भएको थियो । वाशिङटनले हजारौं आप्रवासीलाई आफ्ना बालबालिकाबाट छुट्ट्याउने विवादास्पद नीतिको  सार्वजनिक आलोचना यो तस्वीर प्रकाशन गरिएपछि भएको थियो । 

अमेरिकाका भन्सार तथा सीमा सुरक्षा अधिकारीहरूले पछि यानेला र उनकी आमालाई नछुट्ट्याइएको बताए पनि सार्वजनिक आलोचना भएपछि राष्ट्रपति डोनल्ड ट्रम्पले यो नीतिलाई गत वर्षको जुन महिनामा उल्ट्याएको निर्णायकहरूले बताए । 

मूरले रियो ग्रान्डे उपत्यकामा औंसीको रात अमेरिकी सीमा गश्तीका एजेन्टहरूको तस्वीर लिँदै गर्दा ती एजेन्टहरूले सीमा पार गर्न खोजिरहेका मानिसको एक समूहलाई भेटे ।

‘ती मानिसको अनुहारमा अनि आँखामा डर मैले देख्न सक्थें,’ मूरले अमेरिकाको नेसनल पब्लिक रेडियोसँगको अन्तर्वार्तामा बताए ।

एजेन्सी

salt training

कमेन्ट गर्नुहोस्