२४ जेठ २०८३, आइतबार

फेसबुकलाई करको दायरामा ल्याउन सुझाव

फेसबुकलाई करको दायरामा ल्याउन सुझाव

काठमाडौं– महालेखा परिक्षकको कार्यालयले फेसबुक, ट्वीटर लगायतका समाजिक सञ्जाललाई करको दायरामा ल्याउन सुझाव दिएको छ ।

शुक्रवार महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको ५६ औं प्रतिवेदनमा फेसबुकल, ट्वीटर, भाइवर लगायतका सामाजिक सञ्जाल एवंम इन्टरनेट सेवालाई करको दायरामा ल्याउन सुझाव सरकारलाई दिएको हो ।

इन्टरनेटमार्फत् सेवा प्रदान गरिरहेका भाइवर, फेसबुक, मेसेन्जर, स्काइप ह्वाट्सएप लगायतका एप्लिकेसनहरु नेपालमा निर्वाध रूपमा सञ्चालन भइरहेका र उक्त क्षेत्र कराधार क्षेत्रभित्र पर्ने भएकाले करको दायरामा ल्याउनुपर्ने सुझाव महालेखा परिक्षक कार्यालयको रहेको छ ।

त्यस्तै अन्तर्राष्ट्रिय इ–कमर्स साइटहरुबाट भएको व्यापार र विज्ञापनको माध्यमबाट पनि राज्यको ठूलो धनराशी विदेशिएको अवस्था रहेको भन्दै अन्तर्राष्ट्रिय विद्युतीय भुक्तानी माध्यम प्रयोग गरी राज्यले कर लिनुपर्ने सुझाव महालेखाको प्रतिवेदनले दिएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्