
मुम्बई- बलिउड अभिनेता अर्जुन कपूर र अभिनेत्री मलाइका अरोराको चर्चा यतिबेला राम्रैसँग चलेको छ । यी दुईको सम्बन्धको खबर मिडियामा लगातार आइरहेका छन् ।
यी दुईले रिलेशनशीपबारे कतै स्पष्ट नपारेपनि त्यसको इशारा भने जताततै छोडेका छन् । खबरका अनुसार यी दुई डेट मात्रै होइन, बिहे पनि गर्दैछन् । यी सबै खबरका बीच मलाइका र अर्जुन एकसाथ मुम्बईको एउटा अस्पतालमा देखिएका छन् ।
बलिउड हाउस पार्टी, मुभी डेट्स र होलिडेका अलवा हालै यी दुई अस्पताल जाँदै गर्दा 'स्पट' भए । मलाइका र अर्जुन एकसाथ एकै गाडीबाट निस्किएर लीलावती हस्पिटल पुगेका हुन् ।
विवाहको हल्लाबीच अस्पताल जानुको कारण के हो ? त्यसको कारण पनि उनीहरूलाई नै थाहा होला । तर कतिपयले भने मलाइका 'प्रेगनेन्ट' भएको भन्दै सामाजिक सञ्जालमा आलोचना गरिरहेका छन् । स्मरण रहोस्, शो 'कफी विथ करण'को एक एपिसोडमा मलाइकाले भनेकी थिइन्, 'म अर्जुनलाई निकै मन पराउँछु, अर्जुनले पनि मन पराउँछ ।'
यतिमात्र होइन, मलाइका र अर्जुन हालै एकसाथ माल्दिभ्स पनि गएका थिए । जहाँ उनीहरूले खुब रमाइलो गरे ।
सन् २०१९ को अन्त्यतिर यी दुईले विवाह गर्ने पनि बताइँदै आएको छ ।