
काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ वर्षको दिन देशबासीको नाममा सम्बोधन गर्ने भएका छन् । आइतबार बिहान ७ बजे ओलीले राष्ट्रका नाममा सम्बोधन गर्नेछन् ।
नव वर्ष २०७६ सालका अवसरमा प्रधानमन्त्री ओलीले सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र समृद्धिका लागि शुभकामनासहित राष्ट्रका नाममा सम्बोधन गर्ने प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए ।