१४ असार २०८३, आइतबार

मिलेमतोमा अवैध विद्यार्थीलाई वैध बनाइँदै

बैशाख १, २०७६
मिलेमतोमा अवैध विद्यार्थीलाई वैध बनाइँदै

 काठमाडौं। पोखरा विश्वविद्यालय प्राज्ञिक परिषद्को निर्णय उल्टाउँदै निजी कलेज सञ्चालकहरू अवैध विद्यार्थीलाई वैध बनाउन लागिपरेका छन्।

विश्वविद्यालयको गत जेठ १८ गते बसेको प्राज्ञिक परिषद्को बैठकले कक्षा ११ र १२ मा ‘सी’ वा जीपीए २.० ग्रेड ल्याउनेले मात्र व्यवस्थापन, विज्ञान तथा प्रविधि संकायमा भर्ना हुन पाउने निर्णय गरेको थियो। सोहीअनुसार विश्वविद्यालयको केन्द्रीय क्याम्पस तथा आंगिक क्याम्पसहरूमा भर्ना लिइएको थियो।

तर, सम्बन्धन पाएका देशभरिका ५८ निजी कलेजमध्ये ४२ वटा कलेजले परिषद्लाई लत्याएर ‘सी’ वा जीपीए २.० ग्रेडभन्दा कम ग्रेड ल्याएका ३ सय ९१ जना भर्ना गरेका विद्यार्थीलाई विश्वविद्यालयले दर्ता नगराएपछि चैत १५ गतेबाट हुने भनिएको परीक्षा अझै हुन सकेको छैन।

परीक्षा शुरू हुने अघिल्लो दिन निजी कलेजहरूको संस्था पोखरा विश्वविद्यालय शिक्षण संस्थाहरूको संघ नेपाल (ओपन) ले विज्ञप्ति नै जारी गरेर परीक्षा रोक्न आदेश दिएको थियो। नेपाल समाचारपत्र दैनिकमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्