१३ असार २०८३, शनिबार

मन्त्री सिंहको पार्टीले निर्वाचनमा भाग लिन पाउने, आयोगको निर्णय सर्वोच्चले उल्टायो

कात्तिक २०, २०७४
मन्त्री सिंहको पार्टीले निर्वाचनमा भाग लिन पाउने, आयोगको निर्णय सर्वोच्चले उल्टायो
काठमाडौं ४ चैत्र–विज्ञान तथा प्रविधि मन्त्री प्रेमबहादुर सिंहको समाजवादी जनता पार्टीको दर्ता खारेज गर्ने निर्वाचन आयोगको निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरकालिन आदेश जारी गरेको छ ।

यो आदेशसँगै मन्त्री सिंहको पार्टीले स्थानीय लगायत चुनावमा भाग लिन पाउने भएको छ । न्यायाधशीशद्वय गोपाल पराजुली र प्रकाश राउतको संयुक्त इजलासले शुक्रवार निर्वाचन आयोगको २०७२ फागुन ११ को निर्णय कार्यान्वयन नगराउन आदेश दिएको हो ।

यसअघि आयोगले राजनीतिक दलले बुझाउनु पर्ने आयव्यय विवरण नबुझाएको भन्दै मन्त्री सिंहको पार्टीलाई खारेज गरेको थियो ।

सर्वोच्चको फैसलापछि लोकान्तरसँग कुरागर्दै मन्त्री सिंहले आयोगको निर्णय सिद्धान्तत गलत रहेकोमा सर्वोच्चले सच्चाएको प्रतिक्रिया दिए । ‘संविधान निर्माता मध्येको एउटा पार्टीलाई चुनावमा भाल लिन नपाउनेगरी खारेज गर्नु राजनीतिक र कानूनी हिसावले गलत थियो’ उनले भने ।

salt training

कमेन्ट गर्नुहोस्