
जाजरकोट–छेडागाड नगरपालिका १० काफ्लाका ३३ वर्षीय गगनबहादुर बूढाले कागती बेचेरै वार्षिक १० लाख रुपैयाँ आम्दानी गरिरहेका छन् । स्थानीय बजारमा कागती प्रतिकिलो दाना ५० रुपैयाँमा र रस १५० रुपैयाँ प्रतिलिटरमा विक्री भइरहेको छ । ६० रोजनी जग्गामा कागती खेती गरिरहेका उनले यो व्यवसायको आम्दानीबाटै ३७ रोपनी जग्गा जोड्न सफल भएको आजको कान्तिपुर दैनिकमा विस्तृतमा खबर छापिएको छ ।