
काठमडौं – सोलुखुम्बुस्थित लुक्ला विमानस्थलमा एक विमान हेलिकप्टरसँग ठोक्किँदा दुई जनाको मृत्यु भएको छ ।
समिट एयरको विमान उड्ने क्रममा धावन मार्गबाट चिप्लिएर मनाङ एयरको हेलिकप्टरसँग ठोक्किएको हो ।
उक्त दुर्घटनामा दुई जनाको मृत्यु हुनुका साथै ३ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।
विस्तृत विवरण आउन बाँकी नै छ ।