२६ जेठ २०८३, मंगलबार

सर्लाहीमा बस दुर्घटना हुँदा तीन जनाको मृत्यु

सर्लाहीमा बस दुर्घटना हुँदा तीन जनाको मृत्यु

काठमाडौं – सर्लाहीको लालबन्दीमा बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । लालबन्दी नगरपालिका वडा नम्बर १को बगवानीमा बा ३ ख १३१८ नम्बरको बस दुर्घटना हुँदा तीन जनाको मृत्यु  भएको र ३१ जना घाइते भएका जिल्ला प्रहरी कार्यालय सर्लाहीले जानकारी दिएको छ ।

मृत्यु हुनेमा सुनसरीका ४० वर्षीय श्रीकन्त चौधरी, मोरङका २२ वर्षीय बबी उराउ र सुनसरीकै २३ वर्षीय अनिल उराउ रहेका जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता प्रदिपसिंह राठोरले जानकारी दिए ।
घाइतेहरुको विराटनगरमा उपचार भइरहेको र ५ जनाको अवस्थ गम्भीर रहेको प्रहरीको भनाई छ ।

दुर्घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

salt training

कमेन्ट गर्नुहोस्