२७ जेठ २०८३, बुधबार

अस्ट्रेलियामा नाइटक्लब बाहिर गोलीकाण्ड, ४ जना घाइते

अस्ट्रेलियामा नाइटक्लब बाहिर गोलीकाण्ड, ४ जना घाइते

काठमाडौं – अस्ट्रेलियाको मेलबर्नमा रहेको एक नाइट क्लब बाहिर आइतवार बिहान गोलीकाण्ड हुँदा चारजना घाइते भएका छन् । तीमध्ये दुईजनाको हालत गम्भीर छ । 

प्रहरीका अनुसार, चारैजनालाई अस्पतालमा भर्ना गरिएको छ । 

गोलीकाण्डको घटना आतंकवादसँग जोडिएको आशंका प्रहरीले गरेको छैन । अनुसन्धानकर्मीहरू यो मोटरसाइकल गिरोहले गराएको घटना हुन सक्ने बताइरहेका छन् । 

आइतवार बेलुकासम्म घटनाको पूर्ण जानकारी प्राप्त हुने प्रहरीको भनाइ छ ।

एजेन्सी
 

salt training

कमेन्ट गर्नुहोस्