![नयाँ वर्षमा शिव परियारले ल्याए ‘ह्याप्पी ह्याप्पी’ [भिडियोसहित]](https://lktcdn2.prixacdn.net/media/happy_new_year_lmFCdOodmH.jpg)
काठमाडौं– गीतकार सुरेश वाग्लेको ‘ह्याप्पी ह्याप्पी’ बोलको नयाँ गीत सार्वजनिक भएको छ ।
नयाँ बर्ष २०७६ को उपलक्ष्यमा दर्शक तथा स्रोताहरुमाझ नयाँ साङ्गीतिक कोसेली स्वरुप उक्त गीत सार्वजनिक गरिएको रचनाकार वाग्लेले बताए । गीतमा हरि लम्सालको संगीत तथा गायक शिव परियारको स्वर सुन्न सकिन्छ । चर्चित नृत्य समूह ‘कार्टुन क्रु’ का सरोज अधिकारी र आश्मा विकसहित साथीहरुको अभिनय रहेको गीतका भिडियोमा गायक परियारको समेत अभिनय देख्न सकिन्छ ।
सार्वजनिक आधुनिक रोमान्टिक गीतको भिडियोलाई राम केसीले छायांकन गरेका हुन् भने भिडियोमा राजिभ समरको कोरियोग्राफी तथा टेकेन्द्र शाहको निर्देशन, सम्पादन, कलरिङ तथा भिएफएक्स रहेको छ ।
गायक शिव परियारले आफूले मेहनतका साथ गीतमा न्याय गरेको भन्दै गीतको सफलता प्रति आशा ब्यक्त गरे ।
गायक शिव परियारको गीतमा पहिलो पटक काम गर्न पाएकोमा सरोज र आश्माले खुसी ब्यक्त गरे ।
गत वर्ष सार्वजनिक एकल एल्वम ‘तिमी साथ भएपछि’का गजलहरू लोकप्रिय भएपछि उत्साहित भएका वाग्ले यो गीतबाट निकै आशावादी रहेको बताए ।
विगत लामो समयदेखि अमेरिकाको वोस्टनमा बस्दै आएका रचनाकार वाग्ले बोस्टन स्थित हिमालयन कल्चरल एकेडेमीका अध्यक्ष हुन् । ‘ह्याप्पी ह्याप्पी...’ बोलको गीतलाई नेपाली वेबसाईट युट्युब च्यानल मार्फत हेर्न सकिन्छ ।