२३ असार २०८३, मंगलबार

बूढानीलकण्ठ निवासमा चियापान कार्यक्रम गर्दै कमल थापाले भने–सबैभन्दा माथि देश

बूढानीलकण्ठ निवासमा चियापान कार्यक्रम गर्दै कमल थापाले भने–सबैभन्दा माथि देश
काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले मुलुकको राष्ट्रिय एकता , अखण्डता र स्वाधीनता कुनै पनि वाद, विचार वा व्यवस्था भन्दा माथि हुनु पर्ने बताएका छन् ।
 
 नयाँ वर्षको अवसरमा बूढानीलकण्ठस्थित आफ्नै निवासमा आज आयोजित चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै थापाले मुलुकमा व्यप्त रहेको बेथिति , बिसङ्गती , कुशासन र भ्रष्टाचारको अन्त्य अहिलेको प्रमुख आबश्यकताको बिषय रहेको बताए । 
नयाँ बर्षले मुलुकलाई सकारात्मक दिशा तर्फ लैजान सकोस् भन्ने शुभकामना प्रकट गर्दै थापाले सबैले ठूलो र फराकोलो छातीका साथ सबै भन्दा माथि देशलाई राख्नुपर्नेमा जोड दिए । 

salt training

कमेन्ट गर्नुहोस्