१७ असार २०८३, बुधबार

कमल थापाको हिन्दुराष्ट्रको एजेण्डा निर्वाचन आयोगद्वारा खारेज !

कात्तिक २०, २०७४
कमल थापाको हिन्दुराष्ट्रको एजेण्डा निर्वाचन आयोगद्वारा खारेज  !
काठमाडौं, ४ चैत– निर्वाचन आयोगले राप्रपाको मूल एजेण्डा हिन्दुराष्ट्र र संवैधानिक राजतन्त्रबारे विधानमा उल्लेखित शब्द निर्वाचन आयोगले हटाइदिएको खबर सार्वजनिक भएसँगै सो पार्टीका अध्यक्ष तथा संघीय मामिला तथा स्थानीय विकासमन्त्री कमल थापाले कडा आपत्ति जनाएका छन् ।kamal_thapa
अध्यक्ष कमल थापाले शुक्रबार साँझ आधिकारिक ट्वीटर ह्याडलमार्फत ट्वीट गर्दै संविधानले हिन्दुराष्ट्र र राजसंस्थाको बिचार लिएर जान निषेध नगरेको भन्दै विचार स्वतन्त्रतामा बन्देज लगाउन खोजिनु चुनाव हुन नदिने गम्भीर षड्यन्त्र भएको टिप्पणी गरेका छन् ।
उनले राप्रपा संविधान र संवैधानिक व्यवस्थासँग सहकार्य गर्दै आफ्नो मान्यता स्थापित गर्ने बाटोमा रहेको अवस्थामा संवैधानिक बाटो नै अबरुद्ध गर्ने प्रयास नगर्न पनि चेतावनी दिएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्