नयाँ दिल्ली, ४ चैत - भारतीय राष्ट्रपति प्रणव मुखर्जीले शुक्रबार आफ्नो देशका वर्तमान प्रधानमन्त्री नरेन्द्र मोदीलाई ‘एउटा असल अध्यता’ भएको र उनको सबै विषयमा ‘गहिरो ज्ञान’ रहेको भनी प्रशंसा गरेका छन् ।

“अन्तर्राष्ट्रिय सम्बन्ध होस् वा अर्थतन्त्रका विषयमा होस् प्रधानमन्त्री मोदीको राम्रो ज्ञान छ । निर्वाचनमा कसैले पनि बहुमत ल्याएर जित्न सक्छ तर शासन गर्न सहमति निर्माण गर्नु आवश्यक छ । प्रधानमन्त्री मोदीको यो पक्ष पनि साह्रै सबल छ ।” भारतको राजधानी नयाँ दिल्लीमा आयोजित एक बैठकका अवसरमा भारतीय राष्ट्रपति मुखर्जीले भने ।
'मोदीजीसँग कुनै पनि विषयमा बहस गर्ने वा समस्याको समाधान निकाल्ने आफ्नै शैली छ र यसमा हामीले उहाँलाई प्रशंसा गर्नुपर्छ', उनले भने ।
“म भारतीय प्रजातन्त्रको एक हिस्सा हुँ । म आम जनताको हिस्सा हुँ र यसका कानुनी आधारमा निहीत रहन चाहन्छु ।” राष्ट्रपति मुखर्जीले भने ।
भारतीय प्रधानमन्त्री मोदीले सन् २०१४ को निर्वाचनबाट लामो समय सत्तामा रहेको भारतीय कँग्रेस पार्टीको ठाउँमा सत्तामा आएका हुन् ।