
काठमाडौं–भारतीय लगानीकर्ता राधेश्याम सर्राफ र दिनेशलाल श्रेष्ठ परिवारको मुख्य लगानी रहेको राजधानीको दुई पाँच तारे होटलमा दुईटैको नवीकरण फेल भएको छ ।
बौद्धस्थित पाँचतारे होटल तारागाउँ रिजेन्सी (हायात) र दरबारमार्गको याक एण्ड यति होटलको नवीकरण फेल भएको हो ।
बारम्बार ताकेता गर्दा पनि आवश्यक प्रक्रिया पूरा गर्न नसक्दा होटल नवीकरण नभएको पर्यटन विभागका महानिर्देशक डन्डुराज घिमिरेले जानकारी दिए ।