११ साउन २०८३, सोमबार

धर्मनिरपेक्षताको ब्यानर जलाउने क्रममा प्रहरीसँग झडप

धर्मनिरपेक्षताको ब्यानर जलाउने क्रममा प्रहरीसँग झडप

हेटौंडा– नेपाललाई हिन्दूराष्ट्र कायम गर्न माग गर्दै राप्रपाले धर्मनिरपेक्षताको ब्यानर जलाउने क्रममा प्रहरीसँग झडप भएको छ ।

देशव्यापी रूपमा धर्मनिरपेक्षताको ब्यानर जलाउने क्रममा मकवानपुरको हेटौंडामा प्रहरी र राप्रपा कार्यकर्ताबीच झडप भएको हो । 

त्यसक्रममा राप्रपाका कृष्ण बिडारी र अर्जुन खुलाल घाइते भएका नेता राजाराम बर्तौलाले जानकारी दिए ।

राप्रपाले आज दिउँसो २ बजे काठमाडौंको रत्नपार्कमा धर्मनिरपेक्षताको ब्यानर जलाउने बताएको छ । 

नेपाललाई हिन्दूराष्ट्र कायम गर्नुपर्ने लगायत २२ बुँदे माग राख्दै राप्रपाले चरणबद्ध आन्दोलन गर्दै आएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्