०४ असार २०८३, बिहीबार

देशभर भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

देशभर भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै
फाइल फोटो

काठमाडौं – शुक्रवार र शनिवार सरकारले जन्मेको ६ महिनादेखि ५ वर्षसम्मका बालबालिकालाई भिटामिन ‘ए’ र जन्मेको १ वर्षदेखि ५ वर्षसम्मका बालबालिकालाई जुकाको औषधि खुवाउँदैछ भने ती उमेर समूहका बालबालिकाको पाखुराको नापसमेत लिँदैछ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको उच्च प्राथमिकता प्राप्त कार्यक्रमभित्र कार्यक्रम रहेको छ । संघीयता कार्यान्वयन भएसँग स्थानीय तहले सो कार्यक्रम सञ्चालन गर्दै आएका छन् ।  

स्वास्थ्य सेवा विभाग, पोषण शाखाका प्रमुख केदार पराजुलीले जन्मेको १ वर्षदेखि ५ वर्षसम्मका करीब २७ लाख ६८ हजार ५ सय ४० बालबालिकालाई भिटामिन ‘ए’ र जन्मेको १ वर्षदेखि ५ वर्षसम्मका २३ लाख ५६ हजार ८ सय ४३ बालबालिकालाई जुकाको औषधि र ती बालबालिकाको पोषणस्थित जानकारीका लागि पाखुराको नाप लिइने कार्यक्रम रहेको बताए ।

भिटामिन ए र जुकाको औषधि खुवाउने कार्यक्रम ४१ जिल्ला र ५६ जिल्ला पाखुराको नाप लिने कार्यक्रम सञ्चालन हुने छ । ती जिल्लामा ती कार्यका लागि करीब ३६ हजार बुथमा महिला स्वयंसेविका र स्वास्थ्यकर्मी गरी करीब ६० हजार जनशक्ति परिचालन हुनेछन् ।

भिटामिन ए को कमिले बालबालिकामा रतन्धो, दादुरा, झाडापखाला, कडा कुपोषण तथा छालाको रोग हुनसक्छ । यसबाट जोगाउन भिटामिन ए कार्यक्रमले सहयोग गरेको उनले जानकारी दिए ।

शारीरिक विकास र रोगप्रतिरोध क्षमतालाई बढाउन भिटामिन ‘ए’ले सहयोग पु¥याउँछ । बालबालिकामा जुका पर्ने समस्यालाई न्यूनीकरण गर्न र उनीहरूलाई कुपोषण हुनबाट जोगाउन पाखुराको नाप लिई पोषणका बालभिटा समेत वितरण गर्दै आएको छ ।  सरकारले हरेक वर्ष वैशाख ६ र ७ र कात्तिक २ र ३ गते कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

salt training

कमेन्ट गर्नुहोस्