३० जेठ २०८३, शनिबार

राँगो, सिंह र गोहीको रोमाञ्चकारी भिडन्त (भिडियो)

राँगो, सिंह र गोहीको रोमाञ्चकारी भिडन्त (भिडियो)

काठमाडौं – दक्षिण अफ्रिकाको क्रूजर राष्ट्रिय निकुञ्जमा मुटु कँपाउने एउटा भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । 

भिडियो निकुञ्जले आफ्नो युट्युब च्यानलमा शेयर गरेको हो । 

निकुञ्जमा राँगोलाई सिंह र गोहीले घेर्छन् तर कडा संघर्षपछि राँगो ज्यान जोगाउन सफल हुन्छ । 

सिंहको झुण्ड इम्पाला नामक जनावरको शिकार गर्न आएको बेलामा नदीनजिक राँगो देख्छ । पहिला त राँगोले उसलाई पर भगाउने प्रयास गर्छ तर सिंहका झुण्डले उसलाई घेर्छन् । 

अनि राँगो नदीमा पस्छ । बिचरोलाई के थाहा, नदीमा पनि गोही उसलाई शिकार गर्न तयार बसेको रहेछ । 

गोहीले उसमाथि आक्रमण गर्छ । राँगो निकै प्रयासपछि नदीबाहिर आउँछ र धेरै बेर उभिन्छ । 

त्यसपछि उसले सिंहहरूको सामना गरेर उनीहलाई दौडाउँछ । केही समयपछि राँगोको झुण्ड आएर सिंहहरूलाई भगाउँछन् । 

एजेन्सी
 

salt training

कमेन्ट गर्नुहोस्