०८ साउन २०८३, शुक्रबार

भ्लादिमिर पुटिन र किम जोङ उनबीच भयो पहिलो औपचारिक भेट

भ्लादिमिर पुटिन र किम जोङ उनबीच भयो पहिलो औपचारिक भेट

काठमाडौँ - रूसी राष्ट्रपति भ्लादिमिर पुटिन तथा उत्तर कोरियाका उच्च नेता किम जोङ–उनबीचको भेटवार्ता द्विपक्षीय सम्बन्ध विस्तार, क्षेत्रीय सहकार्य र कोरियाली प्रायदीपलाई आणविकरूपमा निशस्त्रीकरण गराउने बिषयमा केन्द्रित रहने रूसी प्रशासनिक केन्द्र क्रेमलिनले शुक्रवार जनाएको छ ।

क्रेम्लिनका प्रवक्ता दिमित्री पेश्कोभले सञ्चारकर्मीसँग भने, 'छलफलका विषयहरू धेरै बृहत् छन् । सर्वप्रथम यहाँ हामीले दुई छिमेकी मुलुकका प्रमुखबीच जोडिएका बृहत् सीमाका बिषयमा छलफल हुनेछ ।'

'रूसले कोरियाली प्रायद्वीपलाई आणविकरूपमा निशस्त्रीकरणका लागि आफ्नो पूर्ण क्षमताको प्रयोग गर्नेछ,' उनले भने ।

नेता किमले अप्रिलको अन्त्यसम्ममा रूस भ्रमण गर्नेबारे क्रेमलिनले बिहीबार जानकारी गराएको थियो । यो पुटिन र किमबीचको पहिलो औपचारिक भेटघाट हो ।

salt training

कमेन्ट गर्नुहोस्