३० जेठ २०८३, शनिबार

पोल सार्न खोज्दा करेन्ट लाग्यो, गयो ज्यान

पोल सार्न खोज्दा करेन्ट लाग्यो, गयो ज्यान

काठमाडौँ– काठमाडौँ, तारकेश्वर नगरपालिका–१ साङलाछापमा विद्युत्को पोल सार्ने क्रममा पोल ढलेर करेन्ट लाग्दा एकको मृत्यु भएको छ । अन्य दुई घाइते भएका छन् ।

    करेन्ट लागेर गम्भीर घाइते भएका काठमाडौँ बौद्ध बस्ने सर्लाहीका २१ वर्षीय शिशिर अधिकारीको शिक्षण अस्पताल महाराजगञ्जमा उपचारको क्रममा आज मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । सो क्रममा करेन्ट लागेर घाइते भएका अन्य दुईको सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्