०६ असार २०८३, शनिबार

निगमको विमान चार्टर गरेर चीन जाँदै राष्ट्रपति, चार्टर नै गरिएको गणतन्त्रपछि यो पहिलो पटक

बैशाख ७, २०७६
निगमको विमान चार्टर गरेर चीन जाँदै राष्ट्रपति, चार्टर नै गरिएको गणतन्त्रपछि यो पहिलो पटक

काठमाडौँ - राष्ट्रपति विद्यादेवी भण्डारी नेतृत्वको टोली नेपाल वायुसेवा निगमको विमान चार्टर गरेर जाने निश्चित भएको छ । गणतन्त्रपछि राष्ट्रप्रमुखले राष्ट्रिय ध्वजावाहक विमान चार्टर गरेको यो पहिलोपटक हो । 

‘यसअघि राष्ट्रपति कमर्सियल उडानमा दिल्ली र बैंकक जानुभएको थियो,’ निगमका एक अधिकारीले भने, ‘हाम्रो विमान चार्टर नै गरिएको गणतन्त्रपछि पहिलो पटक हो ।’ निगमले उक्त भिभिआईपी उडानमा एयरबस ३२० पठाउने निर्णय गरेको छ । यसअघि प्रधानमन्त्री केपी ओलीले भारत र चीन भ्रमणमा हिमालय एयरलाइन्सको एयरबस ३२० प्रयोग गरेका थिए ।

उच्च स्रोतका अनुसार परराष्ट्र मन्त्रालयले निगमको विमानलाई प्रतिउडान घन्टाको ११ हजार ६ सय डलर हाराहारी भाडा तिर्ने सर्तमा लैजान लागेको हो । ‘निगमको न्यारोबडी जहाज लैजाने टुंगो लागेको छ,’ स्रोतले भन्यो । निगमले जहाज पार्किङमा रहेको बेलाको भाडा तिनु नपर्ने जनाएको छ । तीन दिनको यो चार्टर उडानमा निगमले १२ घन्टा हाराहारीको मात्रै रकम लिनेछ । विमानको ल्यान्डिङ, पार्किङलगायत र इन्धन खर्च निगम आफैंले बेहार्ने जनाएको छ । कान्तिपुर दैनिकमा खबर छ । 

salt training

कमेन्ट गर्नुहोस्