
काठमाडौं- डा. रामकृष्ण निरौलाको नयाँ म्युजिक भिडियो 'विश्वास' सार्वजनिक भएको छ ।
डा. भोला रिजालको शब्द रचना तथा नरहरि प्रेमीको संगीत रहेको गीतको म्युजिक भिडियोमा नायिका केकी अधिकारीले अभिनय गरेकी छन् ।
अस्ट्रेलियामा खिचिएको भिडियोमा केकीका अलावा गीतकार तथा संगीतकार आरसी थापा र सोनार श्रेष्ठको समेत अभिनय छ ।
म्युजिक भिडियोलाई थापाले निर्देशन तथा विदुर क्षेत्री र निजम केसीले छयाङ्कन गरेका हुन् ।
डा. निरौलाले काजीको घोडा बोलको गीतबाट चर्चा बटुलेका थिए ।
हेर्नुहोस्, भिडियो :