१४ असार २०८३, आइतबार
आतंकको छायाँ

श्रीलंकामा भएको शृंखलाबद्ध विस्फोटमा मर्नेको संख्या १३८ पुग्यो

श्रीलंकामा भएको शृंखलाबद्ध विस्फोटमा मर्नेको संख्या १३८ पुग्यो

काठमाडौं – श्रीलंकाका विलासी होटल र चर्चहरूमा आइतवार भएको शृंखलाबद्ध बम विस्फोटमा परी मर्नेको संख्या १३८ पुगेको राष्ट्रिय अस्पतालका निर्देशक अनिल जसिंघेले बताएका छन् । 

राजधानी कोलम्बोमा ४९ जना, नेगोम्बोमा ६२ जना अनि बाट्टिकालोआमा २७ जना मारिएको उनले बताए । 

कोलम्बोमा २०० जनाभन्दा बढी घाइते भएका छन् भने नेगोम्बोमा ११० जना घाइते भएका छन् । बाट्टिाआकालोआमा ६७ जना घाइते छन् । 

‘अस्पतालहरूमा स्थिति नियन्त्रणमा छ,’ उनले बताए । 

आइतवार बिहान कोच्चिकाडे, कटाना र बाट्टिाकालोआका तीन चर्च र कोलम्बोका तीनवटा पाँचतारे होटलमा विस्फोट भएको कोलम्बो प्रहरीले जनायो ।

कोच्चिकोडेको सेन्ट एन्थोनी चर्च, कोटाहेना र सेन्ट सेबास्टियन चर्चमा विस्फोट भएको हो । 

पाँचतारे होटलहरू शांग्रिला, सिन्नामोन ग्रान्ड र किंग्सबरीमा विस्फोट गराइएको थियो । 

विदेशी पर्यटकहरू पनि हताहती भएको प्रहरीको भनाइ छ ।

डेली मिररबाट
 

salt training

कमेन्ट गर्नुहोस्