
काठमाडौं- लुम्बिनी जनरल इन्सुरेन्सको आयोजनामा यही वैशाख ६ र ७ गते रोयल नेपाल गल्फ क्लब एयरपोर्टमा दुई दिने अन्तर्राष्ट्रिय गल्फ प्रतियोगिता सम्पन्न भएको छ । युवा र प्रौढ गरी दुई समूहमा विभाजन गरिएको उक्त टुर्नामेन्ट २०१९ मा ९७जना खेलाडीको सहभागिता रहेको थियो । जसमा १२ जना साना र ८५ जना सिनियर खेलाडीहरू रहेका थिए ।
लुम्बिनी जनरल इन्सुरेन्सका अध्यक्ष मनोहरदास मुलले खेलकुदमार्फत पनि आफ्नो गुडविललाई बजारमा लैजान पाएकोमा खुशी व्यक्त गर्दै खेलाडीहरूलाई सकेको सहयोग गर्न पाएकोमा गर्व महसूस भएको उल्लेख गरे ।
सो अवसरमा उत्कृष्ट अर्थात् सुपर सिनियर खेलाडी विजय मोक्तान घोषित भएका थिए । विजयी खेलाडीहरूलाई रोयल नेपाल गल्फका अध्यक्ष प्रचण्डमान श्रेष्ठ र इन्सुरेन्सका अध्यक्षमनोहरदास मुल र कम्पनीका सीईओ नुरप्रकाशप्रधानले उत्कृष्ट खेलाडीहरूलाई अवार्ड हस्तान्तरण गरेका थिए ।
२०६१ सालमा स्थापित लुम्बिनी जनरल इन्सुरेन्सले हाल ४५ शाखामार्फत ग्राहकहरूलाई सेवा दिँदै आएको छ ।