२४ जेठ २०८३, आइतबार

सिटिजन्स बैंकद्वारा रक्तदान कार्यक्रम आयोजना

सिटिजन्स बैंकद्वारा रक्तदान कार्यक्रम आयोजना

काठमाडौं- 'योर पार्टनर फोर प्रोग्रेस' भन्ने नारा लिएको यस सिटिजन्स बैंकले सेवा दिएको १२ वर्ष पुरा गरी १३ औं वर्षमा प्रवेश गरेको सुखद् अवसरमा विभिन्न शाखामा रक्तदान कार्यक्रम सञ्चालन गरेको छ ।

यस बैंकका प्रमुख कार्यकारी अधिकृत गणेश राज पोखरेलसहित कुल ५६६ जना रक्तदाताहरूले रक्तदान गरेका छन् ।

१२ औं वार्षिकोत्सवको सुखद अवसरमा बैंकले नेपाल रेडक्रस सोसाइटीको 'रक्तदान जीवनदान' को नारालाई सार्थक बनाउदै  विभिन्न शाखामा रक्तदान कार्यक्रम सञ्चालन गरेको छ ।

बैंकले उपत्यका भित्र बैंकको केन्द्रीय कार्यालय नारायणहिटी पथ अतिरिक्त भक्तपुर, भैंसेपाटी, कुपण्डोल र उपत्यका बाहिरका विराटनगर, दमक, धरान, जनकपुर, वीरगञ्ज, बनेपा, हेटौंडा, नारायणघाट, पोखराको सिमलचौर, बुटवल, घोराही, नेपालगञ्ज, सुर्खेत, महेन्द्रनगर र विर्तामोड गरी कुल उन्नाइस स्थानबाट रक्तदान  कार्यक्रम भव्य रूपमा सम्पन्न गरेको छ ।

केन्द्रीय कार्यालय नारायणहिटी पथमा सम्पन्न रक्तदान कार्यक्रममा ४६, भक्तपुर शाखामा ४३, भैंसेपाटी शाखामा ४१, कुपण्डोल शाखामा ७ र उपत्यका बाहिरका विराटनगर शाखामा २१, दमक शाखामा २७, धरान शाखामा २८, जनकपुर शाखामा २५, वीरगञ्ज शाखामा ३९, बनेपा शाखामा १७, हेटौंडा शाखामा ३५, नारायणघाट शाखामा ४१, पोखराको सिमलचौर शाखामा ३०, बुटवल शाखामा २६, घोराही शाखामा १८, नेपालगञ्ज शाखामा ४५, सुर्खेत शाखामा १७, महेन्द्रनगर शाखामा १९ र विर्तामोड शाखामा ४१ गरी कुल ५६६ जना रक्तदाताहरूले रक्तदान गरेका छन् । 

salt training

कमेन्ट गर्नुहोस्