३१ जेठ २०८३, आइतबार

श्रीलंकामा दिनभर विस्फोट, सामाजिक सञ्जालमा अस्थायी प्रतिबन्ध

बैशाख ९, २०७६
श्रीलंकामा दिनभर विस्फोट, सामाजिक सञ्जालमा अस्थायी प्रतिबन्ध

कोलम्बो – श्रीलंकामा आइतबार ८ ठाउँमा भएका शृखंलाबद्ध विस्फोटमा २०७ को मृत्यु भएको छ भने ४ सय ५० भन्दा बढी घाइते भएका छन् । तीन चर्च र ४ होटलसहित ८ स्थानमा विस्फोट भएका हुन् । 

पश्चिमी तटीय सहर नेगोबोको प्रख्यात सेन्ट सेबास्टियन चर्च, पूर्वी तटीय सहर बाट्टीकालोआको जियोन चर्च र कोलम्बोको कोच्चिकाडे जिल्लास्थित सेन्ट एन्थोनी चर्च, कोलम्बोका ठूला होटलहरू सांग्रिला, किङ्सबरी तथा सिनामन ग्रान्ड, देहीवालाको एउटा होटल तथा देमातागोडाको एउटा घरमा विस्फोट भएका हुन् ।
विस्फोटपछि रक्षा मन्त्रालयले स्थानीय समयअनुसार आइतबार साँझ ६ देखि सोमबार बिहान ६ बजेसम्म कर्फ्यु लगाएको छ भने प्रमुख सामाजिक सञ्जालहरूमा अस्थायी रूपमा प्रतिबन्ध लगाइएको छ । सुरक्षाकर्मीहरूले ७ जनालाई पक्राउ गरे पनि आक्रमणमा कसको संलग्नता थियो भन्ने आइतबार साँझसम्म खुल्न सकेको छैन ।

इस्टरका कार्यक्रम भइरहेका बेला सबैभन्दा पहिला कोलम्बोको सेन्ट एन्थोनी चर्चमा विस्फोट भएको थियो भने त्यसलगत्तै नेगोम्बोको सेन्ट सेबास्टियन चर्च, बाट्टीकालोआको जियोन चर्च र कोलम्बोका तीन होटलमा लगातार विस्फोट भएका थिए । सातौं विस्फोट दक्षिणी कोलम्बोको देहीवालास्थित चिडियाखाना नजिकैको होटलमा भएको थियो ।

कोलम्बोको देमातागोडा जिल्लामा आठौं विस्फोट भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । प्रहरी एउटा घरमा छापा मार्न गएका बेला आक्रमणकारीले आफैंलाई बमले उडाउँदा घरको छत खसेर तीन प्रहरी अधिकारी मारिएका छन् । एजेन्सीलाई उदृत गर्दै कान्तिपुर दैनिकमा खबर छापिएको छ । 

salt training

कमेन्ट गर्नुहोस्