१९ असार २०८३, शुक्रबार

दाङमा मध्यराति दुर्घटना हुँदा १ जनाको मृत्यु, २ घाइते

दाङमा मध्यराति दुर्घटना हुँदा १ जनाको मृत्यु, २ घाइते
प्रतिकात्मक तस्वीर

घोराही – आइतवार मध्यराति करीब १२ बजेतिर दाङको लमहीमा मोटरसाइकल दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् ।

लमही नगरपालिका–७ बनघुस्रीस्थित पूर्वपश्चिम राजमार्गअन्तर्गत पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको ना६ख ९१६७ नम्बरको ट्रकमा सोही दिशाबाट आउँदै गरेको रा३प ७९५ नम्बरको मोटरसाइकल पछाडिबाट ठोक्किँदा घटना घटेको हो ।     

दुर्घटनामा परी लमही नगरपालिका–७ उचानिम्बु बस्ने २२ वर्षीय लालु चौधरीको मृत्यु भएको छ । चौधरीको दाङको लमही अस्पतालमा उपचारको क्रममा सोमवार बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक विनोदविक्रम शाहले जानकारी दिए ।

चौधरीसँगै मोटरसाइकलमा सवार १६ वर्षीय आशिष चौधरी र लमही नगरपालिका–३ मजगाउँ बस्ने १३ वर्षीय प्रकाश घर्तीमगरलाई थप उपचारको लागि बाँकेस्थित मेडिकल कलेज कोहलपुर पठाइएको प्रहरीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्