वीरगञ्ज- अग्नि ग्रुपले हालै गन्डक, वीरगञ्जमा महिन्द्रा ट्र्याक्टरहरूको लागि शोरुम तथा सर्भिस सेन्टरको स्थापाना गरेको छ । यो सुविधा सम्पन्न शोरुम अग्निको आधिकारिक शोरुमका रूपमा रहने छ ।
यस शोरुमको समुद्घाटन अग्नि ग्रुपमा कार्यकारी निर्देशक अर्जुन प्रसाद शर्मा तथा वीरगञ्ज महानगरपालिकाकी उपमेयर शान्ति कार्कीले सामूहिक रूपमा गरेका थिए ।
शोरुम समुद्घाटन समारोहमा सरकारी तथा स्थानीय व्यक्तिहरूको उल्लेख्य रूपमा उपस्थितिसमेत रहेको थियो । समुद्घाटन समारोहमा कम्पनीका कार्यकारी निर्देशक अर्जुन प्रसाद शर्माले आगामी कार्यक्रम 'महिन्द्रा समृद्धि'को घोषणा पनि गरेका थिए ।
अग्नि ग्रुपका शाखा प्रमुख प्रमोद कुमार क्षत्रीका अनुसार शोरुमबाट ग्राहकहरूले महिन्द्राका जेन्यून स्पेयर पार्ट प्राप्त गर्नुका साथै बिक्रीपछिको सेवा पाउने कुरा उल्लेख गरे ।