१३ असार २०८३, शनिबार

अनौठो प्रचलनः बालबालिकाको कुकुरसँग गरिन्छ विवाह

कात्तिक २०, २०७४
अनौठो प्रचलनः बालबालिकाको कुकुरसँग गरिन्छ विवाह
विश्वका विभिन्न देशहरुमा अनौठा अनौठा परम्परा र प्रचलन रहेको छ । धेरै जसो देशमा परम्पराका रुपमा मनाईने यस्ता परम्पराहरु अन्धविश्वासमा चलिरहेका छन् । यस्तै अनौठो परम्परा छिमेकी मुलुक भारतको एक गाउँमा रहेको छ ।

भारतको जमशेदपुरस्थित आदिवासीहरुको बाहुल्य रहेको आदित्यपूर गाउँमा यस्तै अनौठो प्रचलन रहेको छ ।
यहाँको मान्यता के छ भने यदि कुनै पनि बच्चाको पहिले माथिको दाँत र्झयो भने त्यो ठूलो अलक्षिन हुन्छ । यो अलक्षिनलाई भगाउनका लागि सो बच्चाको कुकुरसँग बिहे गराइदिने प्रचलन रहेको छ ।

यही प्रचलन अनुसार केही समय अघि आदित्यपुरको कुलुप टाँडामा ५ जना बालबालिकाको कुकुरसँग बिहे गराइयो । बालकहरुलाई कुकुर्नीसँग र बालिकाहरुलाई कुकुरसँग जोडी बाँधिएको हो ।

आफ्ना छोराछोरीलाई कुकुरसँग बिहे गराउने बाबुआमाले खराब ग्रहलाई काट्नका लागि यस्तो गर्नुपरेको बताए । सानैमा कुकुरसँग बिहे गराइदिएपछि ठूलो हुँदा उनीहरुलाई दशाले पछ्याउन नसक्ने यी बाबुआमाको विश्वास छ ।

salt training

कमेन्ट गर्नुहोस्