१२ साउन २०८३, मंगलबार

ओलीको बोली : कांग्रेस कहाँ पुग्यो ? राजतन्त्र फर्काउने सपना देख्दा विचित्र लाग्छ !

ओलीको बोली : कांग्रेस कहाँ पुग्यो ? राजतन्त्र फर्काउने सपना देख्दा विचित्र लाग्छ !

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका धेरै नेता राजतन्त्र फर्काउने सपना देखिरहेको आरोप लगाएका छन् ।

नेपाल कम्युनिस्ट पार्टी स्थापनाको ७० औं वार्षिकोत्सवका अवसरमा काठमाडौंको प्रज्ञा भवनमा बोल्दै ओलीले कांग्रेस नेताहरू राजतन्त्र फर्काउन लागिरहेको दाबी गरे ।

‘कांग्रेस लोकतान्त्रिक शक्ति हो भने लोकतान्त्रिक शक्तिसँग एकता गर्नुपर्छ,’ ओलीले भने, ‘अचम्म लाग्छ आज कांग्रेस कहाँ पुग्यो ? कांग्रेसका धेरै नेताहरू राजतन्त्र फर्काउने सपना देखेर हिँडेको देख्दा विचित्र लाग्छ,’ उनले भने, ‘सैद्धान्तिक रूपमा कुनै पनि लोकतन्त्रवादी जन्मसिद्ध श्रेष्ठताको सिद्धान्तको पक्षमा हुँदैनन् ।’

उनले कांग्रेसले आफूलाई लोकतन्त्रवादी भन्न छाडिदिए हुने सुझाव दिए । ‘प्राणीका बीचमा जीव जनावरमा चाहिँ जन्मसिद्ध श्रेष्ठताको नियम लागू हुन सक्छ तर मानव जातिमा जन्मिँदै कोही शासक जन्मिँदैन,’ उनले भने । 

salt training

कमेन्ट गर्नुहोस्