
चर्चित भारतीय हास्यकलाकार कपिल शर्माल आफ्नो प्रेम सम्बन्धबारे खुलासा गरेका छन् ।
कपिलले सामाजिक सञ्जाल ट्वीटरमा एक युवतीसँगको आफ्नो फोटो सार्वजवनिक गर्दै प्रेम सम्बन्धबारे भनाइ सार्वजनिक गरेका हुन् । उनले फोटो पोस्ट गर्दै लभ यू गिन्नी भन्ने उल्लेख गरेका छन् ।
अर्को ट्वीटमा कपिलले गिन्नीको फोटोसँगै दीपिका पादुकोणलाई पनि ट्याग गर्दै दीपू अव मैले तिमिलाई मिस गर्ने छैन लेखेका छन् ।
कपिलले सेयर गरेको फोटोकी गिन्नी कपिलकी गर्लफ्रेण्ड हुन् । उनीसँग कपिलले सन् २०१४ मा विहे गर्ने तयारी गरेका थिए ।

त्यस बेला कपिल अब्बास मस्तानको फिल्म ’किस किस को प्यार करूं’ को सुटिङमा व्यस्त भएका कारण उनीहरुको विवाह हुन सकेको थिएन । तर अव भने कपिलले गिन्नीसँग चाँढै विवाह गर्ने भातरीय सञ्चार माध्यमले जनाएका छन् ।