०१ साउन २०८३, शुक्रबार

गुजरातमा मतदानको विगत ५२ वर्षको कीर्तिमान टुट्यो, के हो संकेत ?

बैशाख १२, २०७६
गुजरातमा मतदानको विगत ५२ वर्षको कीर्तिमान टुट्यो, के हो संकेत ?

काठमाडौं – भारतको गुजरातमा २३ अप्रिलमा भएको लोकसभाको तेस्रो चरणको मतदानले विगत ५२ वर्षको कीर्तिमान तोडेको छ ।

यसपालि ६४.११ प्रतिशत भोटिङ भयो । सन् १९६७ मा भएको लोकसभा निर्वाचनमा ६३.७७ प्रतिशत मतदान भएको थियो । सन् २०१४ मा नरेन्द्र मोदीको लहर चल्दा पनि ६३.६ प्रतिशत मतदान भएको थियो । चुनाव आयोगले बुधवार आँकडा जारी गरेर २३ अप्रिलमा ४.५१ करोड मतदाताले आफ्नो मताधिकार प्रयोग गरेको जनायो । 

भारी मात्रामा भएको मतदानको परिणामले भाजपालाई कि कांग्रेसलाई फाइदा होला भनी निष्कर्ष निकाल्नु हतारो हुनेछ । यी चुनावहरूमा सबभन्दा बढी ७५.२१ प्रतिशत मतदान भयो भने सौराष्ट्रको अमरेलीमा सबभन्दा कम ५५.७५ प्रतिशत मतदान भयो । यो इलाका पानीको समस्या र किसानको असन्तोष झेल्दैछ । 

दोस्रो सबभन्दा बढी मतदान बारदोलीमा ७३.५७ प्रतिशत भयो । त्यसपछि छोटा नागपुरमा ७३.४४ प्रतिशत र भरुच ७३.२१ प्रतिशत छ । वलसाडसँगै यो इलाका पनि आदिवासीबहुल हो । 

राजनीतिक विश्लेषक हेमन्त कुमार शाहले भने, ‘कीर्तिमान मतदानको अर्थ निकाल्न मिल्दैन । बढी मत खस्दा भाजपालाई फाइदा हुन्छ भन्नु पनि गलत हुन्छ । यसपालि आदिवासी इलाकामा धेर मतदान भएकाले परिवर्तनको संकेत हुन सक्छ । तैपनि कुनै एक राजनीतिक दललाई फाइदा हुन्छ भन्न हामी सक्दैनौं ।’

राजनीतिशास्त्रका सेवानिवृत्त प्राध्यापक दिनेश शुक्लाले भने, ‘पारम्परिक रूपमा आदिवासी, दलित र मुसलमानहरू कांग्रेसका समर्पित भोटर हुन् । मतदान प्रतिशतले यसपालि भाजपालाई सबै २६ सीट प्राप्त नहुने देखाउँछ किनकि भोटिङ प्याटर्न सन् २०१४ को तुलनामा बदलिएको छ । यसपालि कांग्रेसले ८ देखि १० सीट जित्छ जस्तो मलाई लाग्छ ।’

मतदान समाप्त भएपछि मंगलवार पत्रकारहरूसँग कुराकानी गर्दै मुख्यमन्त्री विजय रूपाणीले यसपालिको बम्पर मतदानले भाजपालाई फाइदा गर्ने र सबै २६ सीट जित्ने बताए । 

उता गुजरातका प्रदेश कांग्रेस कमिटीका प्रमुख भारत सिंह सोलंकीले यसपालि कांग्रेसले राम्रो प्रदर्शन गरेको छ । उनले भने, ‘गुजरातमा जनताले ठूलो संख्यामा मतदान गरेर भाजपालाई सत्ताच्युत गर्ने भएका छन् ।’

एजेन्सी 
 

salt training

कमेन्ट गर्नुहोस्