२३ असार २०८३, मंगलबार

नेपालले अन्तिम खेलमा आयोजक थाइल्याण्डसँग खेल्दै

बैशाख १२, २०७६
नेपालले अन्तिम खेलमा आयोजक थाइल्याण्डसँग खेल्दै

काठमाडौं- एशियाली क्रिकेट काउन्सिल (एसीसी) यू–१६ पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगिताअन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले अहिले आयोजक राष्ट्र थाइल्याण्डसँग खेल शुरू गरेको छ ।

थाइल्याण्डको चियाङमाइमा आयोजकविरुद्ध नेपालले टस जितेर पहिले ब्याटिङ रोजेको छ । शुरुआती दुई खेलमा जित निकालेको नेपालले समूह चरणको अन्तिम खेलमा आयोजक थाइल्याण्डसँग खेल्न लागेको हो ।

आयोजकविरुद्ध मैदानमा उत्रँदा नेपाल शतप्रतिशत जितको खोजीमा हुनेछ । नेपालले पहिलो खेलमा म्यान्मालाई सात विकेटले पराजित गरेको थियो ।

बुधवार भएको दोस्रो खेलमा नेपालले मलेशियालाई ३९ रनले पराजित गरेको थियो । समूह ‘ए’ मा रहेको नेपालले दुई खेलबाट चार अंक जोड्दै नेपाल शीर्ष स्थानमा छ । सेमिफाइनल यात्रा लगभग पक्का गरिसकेको नेपाल समूह विजेताको दौडमा रहेको छ । आयोजकलाई हराउन सके नेपाल समूह विजेता बन्नेछ । यता आयोजक थाइल्याण्ड नेपाललाई रोक्दै सेमिफाइनल यात्रा तय गर्न चाहन्छ ।

समूहको तेस्रो स्थानमा रहेको थाइल्याण्डले दुई अंक जोडेको छ । नेपाललाई फराकिलो अन्तरले पराजित गरेमा थाइल्याण्डको सेमिफाइनल पुग्ने सम्भावना रहन्छ । यसै समूहको अर्को खेलमा मलेशियाले म्यान्माको सामना गर्नेछ । मलेशिया चार अंक जोडेर दोस्रो र अंकविहीन म्यान्मा पुछारमा छ ।

salt training

कमेन्ट गर्नुहोस्