०१ असार २०८३, सोमबार

चिसो बढ्यो, आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम पाँच डिग्री सेल्सियस

कात्तिक २०, २०७४
चिसो बढ्यो, आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम पाँच डिग्री सेल्सियस
काठमाडौँ, २ पुस - जाडो मौसम सुरु भएसँगै निरन्तर तापक्रम घट्दै गएका कारण राजधानी काठमाडौँसहित मुलुकभर चिसो महसुस भएको छ ।COLD

तापक्रममा आएको उतारचढावले बढी चिसो महसुस गरिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । काठमाडौँमा तुलनात्मकरुपमा आज बढी चिसो महसुस गरिएको छ ।

विन्टर (हिउँद) मा ‘सिजनल इफेक्ट’ का कारण उपत्यकासहित धेरै स्थानमा चिसो महसुस भएको मौसमविद् विभूति पोखरेलले जानकारी दिनुभयो ।

उहाँका अनुसार अधिकतम तापक्रम घटेका कारण चिसो बढेको हो । यो अझै निरन्तर घट्ने क्रममा छ । अधिकतम २२ डिग्री सेल्सियस रहेकामा अहिले १९ मा झरेको छ ।

आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम पाँच डिग्री सेल्सियस रहेको छ । आज सबैभन्दा कम जुम्लामा न्यूनतम तापक्रम माइनस दुई र अधिकतम तापक्रम जोमसोममा १४ पुगेको छ ।

salt training

कमेन्ट गर्नुहोस्